कांग्रेसलाई चलायमान बनाउन मेरो उम्मेदवारी : डा. श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य पदका उम्मेदवार डा। मुक्तिराम श्रेष्ठले संगठनलाई थप चलायमान बनाउन आफुले कोशिस जारी बताएका छन् । शनिबार नेपाल तरुण दल अर्घाखाँची काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले नेतृत्व लिनेले नेतृत्व परिवर्तनको लागि प्रतिस्पर्धीसँग भिड्न डराउन नहुने बताए ।
उनले जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको उच्च भुमीका रहने बताउँदै पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पनि थप सक्रिय बनाउने प्रतिबद्धता गरे । डा.श्रेष्ठले केन्द्रीय सदस्यमा अमुल्य मतदान दिई विजयी बनाउँन महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरुलाई अपिल गरेका छन् ।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समत रहेका डा। श्रेष्ठ युवाहरूका ढुकढुकी मानिन्छन् । कोरोना महामारीको जटिल अवस्थामा पनि उनले सेवा प्रदान गर्न छाडेका थिएनन् । उनले आज आदिवासीरजनजाति तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस !