वर्तमान सरकारको आयु १ महिना पनि छैनःमेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकारको आयु १ महिना पनि नरहेको दाबी गर्नुभएको छ ।पछिल्लो राजनितिक घटना क्रमलाई हेर्दा अवधि सोहि अनुसारको हुने बताउनुभयो ।आज रिपोर्टर्स क्लब नेपालले राखेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर रहेको भनाइ छ ।
नेता चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी ओलीभन्दा पनि अस्थिर व्यक्ति सिद्ध गर्नुभयो।
ओलीले प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसकेको उहाँको भनाइ छ । नेता चौधरीले ओलीले साँवा राफसाफमात्रै नभएर ब्याज र हर्जनासमेत असुल गर्न तयार भएर बसेको उहाँको दाबी छ ।
कमेन्ट गर्नुहोस !