पक्षघात पीडितलाई अर्घाखाँची सम्पर्क मंच कोरियाद्वारा आर्थिक सहयोग

अर्घाखाँची । अर्घाखाँची भूमिकास्थान वडा १ पैयापाटाका लोके सार्कीलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।दक्षिण कोरियामा रहेकाहरुले पठाएको ४० हजार रुपैयाँ सहयोग सोमबार सार्कीलाई लुम्बिनी प्रदेश दक्षिण कोरिया सम्पर्क मंचका अध्यक्ष हिमाल खनाल, बालशिक्षा माविका पूर्व प्रअ हिमलाल खनाल, युवा सामाजिक व्यक्तित्व बाबुराम खनाल र भूमिकास्थान युवा संजालका संयोजक टेकराज भुसालले हस्तान्तरण गरेका हुन।
रुद्र पौडेलको नेतृत्वमा रहेको अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले सार्कीलाई उलपब्ध गराउन सहयोग रकम पठाएको थियो।घरको प्रमुख मान्छेलाई नै पक्षघातले च्यापेपछि घरमा आर्थिक अवस्था कमजोर भएका सार्कीको उपचारमा आर्थिक समस्या उत्पन्न भएको छ।
त्यस्तै सम्पर्क मंचले केहि दिनअघि बोनम्यारो रोगबाट पीडित ६ वर्षीय बालिका माहिरा विश्वकर्मालाई १ लाख रुपैयाँ, बालशिक्षा मावि भूमिकास्थान १ साम्नेगाउँका विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरेको लुम्बिनी प्रदेश दक्षिण कोरिया सम्पर्क मंचका अध्यक्ष हिमाल खनालले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस !