अर्घाखाँचीमा कोभिड १९ विरुद्वको भेरोशेल खोप मंसिर ६,७ र८ मा पहिलो मात्र लगाइने

अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा कोभिड १९ विरुद्वको भेरोशेल खोपको पहिलो मात्र लगाइने भएको छ ।जसअन्तर्गत यही मंसिर ६ गते ३१ वर्ष र सो भन्दा माथि उमेरसमुहका पहिलो मात्रको खोप लगाउन बाँकी सबै नागरिक यस्तै मंसिर ७ गते १८ वर्षदेखि ३० वर्ष सम्मका पहिलो मात्रको खोप लागाउने सबै नागरिएक लाई लगाईने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै मंसिर ८ गते १८ वर्ष माथिका खोप लगाउन छुटेका लाई खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय वि.क ले जानकारी दिनुभयो । खोप सेवा लिनको लागि स्थानीयतहमा रहेका वडामा रहेका स्वास्थ्य चौकी खोप केन्द्र र अर्घाखाँची अस्पतालमा रहेको खोप केन्द्रमा गइ सेवा लिन सकिने छ् भने जसको लागि परिचय खुल्ने आधिकारीक प्रमाण पत्र,नागरिकता,पासपोर्ट,शैक्षिक प्रमाण पत्र र सोनभएमा पालिकाको सिफारिस लिएर आएमा नजिकैको खोप केन्द्रमा गईसेवा लिन सकिने जनाइएको छ ।
कमेन्ट गर्नुहोस !