रोल्पामा बस दुर्घटना ४ को मृत्यु

काठमाडौं, । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा ३ जना पुरुष र १ जना महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।बसमा सवार १० जना रहेको प्रहरीले अनुमान गरेको छ।दाङको घोराहीबाट रोल्पाको थपाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ जलजलामा मा दुर्घटनाग्रस्त भएको हो । घटनापछि उद्धार गरी घाइतेहरुलाई अस्पताल लगिएको छ ।
कमेन्ट गर्नुहोस !