मानवअधिकार अर्घाखाँची शाखामा नयाँ नेतृत्व चयन

सन्धिखर्क ।मानवअधिकार तथा शान्ति समाज अर्घाखाँचीको शाखाले नयाँ नेतृत्व चयन गरेको छ ।आईतबार सदरमुकाम सन्धिखर्कमा
१० औं साधारण सभा मार्फत नयाँ नेतृत्व चयन गरेको हो । जसमा निलकण्ठ भुसालको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपसभापतिमा अम्बिका श्रेष्ठ (बेल्बासे), सचिव कृष्ण परियार, सहसचिव सागर महत, कोषाध्यक्ष प्रकाश चुदाली, सदस्य रमेश बिक, भिमलाल विश्वकर्मा, हलिम खान, सरिता भुसाल, सरिता पोख्रेल, भावना मगर निर्वाचित भएका छन् । साथै अन्य ४ जना सदस्य नव निर्वाचित कार्यसमितिले मनोनयन गर्ने निवर्तमान सभापती नेत्र मरासिनिले जानकारी दिनुभयो ।उद्घाटन सभामा शुभकामना मन्तव्य राख्दै केन्द्रिय सभापती गोविन्द खनालले पछिल्लो समय प्रतिगमन र अधिनायकवाद व्रिुद्वमा आफुहरुको संघर्षको अभ्यास रहने बताउनुभएको छ । यस्तै आगामी दिनमा अर्घाखाँची शाखाले उत्कृष्ट काम गर्नेमा आफु ढुक्क रहेको बताउनुभयो ।
साधारण सभा कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य तथा पर्यवेक्षक बिष्णु भुसाल, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय उपमहासचिव गणेश भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । निवर्तमान सभापति नेत्र प्रसाद मरासिनीको सभापतित्व र भिम बिश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।यता कार्यक्रम सम्पन्न गर्नको लागि मानव अधिकार क्रमी अशोक पौडेलले सहजीकरण गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !