अर्घाखाँचीमा २ जनामा कोरोना संक्रमण पुष्टि,५ जना कोरोना मुक्त

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३ सय २ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ५ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार १ सय २७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ९३ जना रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८२ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close