नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाण्डौं ।एशिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २सय३८ रनले पराजित भएको छ।एक दिवसीय राष्ट्रको मान्यताप्राप्त पाकिस्तानसँग १सय४ रनमा समेटिएको थियो।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले नेपाललाई ३सय४३ रनको लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल २३.३ ओभरमा अल आउट हुन पुग्यो।पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले आगामी सोमवार अर्को दक्षिण एशियाली राष्ट्र भारतको सामना गर्दैछ।नेपालको दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा हुनेछ।
कमेन्ट गर्नुहोस !