जन्म दिनको अवसरमा शैक्षिक सामग्री र पोशाक विद्यार्थीलाई प्रदान

अनिल नेपाली ,सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ३ निवासी महेन्द्र सुनारले आफ्नो १ बर्षिय छोरा मुस्कान सुनारको पहिलो जन्मदिनको अबसरमा जन्मदिनमा हुने खर्च कटाएर विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग गनु भएको छ ।
भुमिकास्थान ३ स्थित गौरी आधारभुत विद्यालय र प्रभाकर माध्यमिक विधालयका १२र १२ छात्रा छात्रलाई उहाँले शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
जन्मदिन मनाउने फजुल खर्च आफुले विधालयमा सहयोग गरेको महेन्द्र सुनारले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !