नेपालमा थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ।नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार ८ सय४४ जनामा परीक्षण हुँदा १ हजार ७ सय६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।हाल सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ ।
कमेन्ट गर्नुहोस !