लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण

रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण गराएका छन् ।उनीहरुले बहुमतको सरकार निर्माणका लागि पहल गर्न समेत प्रदेश प्रमुखसँग आग्रह गरेका हुन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउंदै आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी नेता तारा जिसीले संयुक्त रुपमा आज प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close