थप ३१ सय २२ जनामा कोरोना पुष्टि, २८ को मृत्यु

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप २८ जनाको आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल ९ हजार २सय९२ पीसीआर परीक्षणमा ३हजार ३२ र ७ सय८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१ सय२२ जनामा संक्रमण पुष्टि भएको हो ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३ सय८२ पुगेको छ । जसमध्ये १७ हजार ७ सय८८ जना होम आइसोलेसनमा र १५ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कमेन्ट गर्नुहोस !