कक्षा १२को परीक्षाआज बाट सुरु हुने

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले आज बाट कक्षा १२ को परीक्षा शुरू गर्ने भएको छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा संचालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् ।
यस अघि पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।यस्तैपरीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले
जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !