अर्घाखाँचीमा चोरी मुद्धामा फरार प्रतिवादी पक्राउ

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा चोरी मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना भएका ३० वर्षका गोकुल बस्नेत लाई चोरी मुद्धामा अर्घाखाँची जिल्ला अदालतको २०७६ कार्तिक ३ गतेका दिन फैसला अनुसार १५ दिन कैद तोकिएकोमा फरार रहेका बस्नेतलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

निज व्यक्ती लाई विशेष सुचनाका आधारमा घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । साथै अदालत अर्घाखाँचीमा पेश गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close