नेपाल निजामती कर्मचारी युनियन शितगंगाको अध्यक्षमा खनाल चयन

सागर महत,सन्धिखर्क ।नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको शितगंगास्तरीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शितगंगा नगरपालिकामा कार्यरत युनियनका नेता नुमलाल खनालको अध्यक्षतामा नगर स्तरीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा दामोदर ढकाल,कुशुम थापा,सचिवमा लक्ष्मण पौडे्ल,सहसचिवमा प्रकाश बेल्बासे,लक्ष्मी भट्टराई, प्रकाश अधिकारी र कोषध्यक्षमा सन्तोष पन्थी चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा राजेश चौधरी,सावित्रा गैरे,मिना पन्थी,रामु आचार्य,हेमन्त कुमार भट्टराई ,रक्षा गौतम,बसन्त पुन,देवान बोहोरा,कृष्मा सिंह ठकुरी,योगमाया घिमिरे,विष्णु बस्नेतलाई चयन गरिएको नेपाल निजामती कर्मचारी युनियका जिल्ला अध्यक्ष दिपक पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा शितगंगा नगरपालिका मेयर छविलाल पौडेल,पुर्व मेयर सुर्यप्रसाद अधिकारी, नेपाल निजामति कर्मचारी युनियनका नेता तथा सिविएका जिल्ला अध्यक्ष कृष्ण बर्मा लगायतको सहभागी  सहभागी रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close