मालारानी ५ कांग्रेस सभापतिमा पुन मणिराम खनाल चयन

सागर महत /अर्घाखाँची ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका सचेतक निर्मला क्षेत्री चौधौँ महाधिवेशनलाई गुट र गिरोह’ समाप्त पारी सबै संग सहकार्यमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।आज मालारानी गाउँपालिकाको वडा नम्बर ५ को वडा अधिवेशनमा पुग्नुभएकी क्षेत्रीले यस्तो बताउनुभएको हो ।यस्तै अर्के तर्फ लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तह देखि केन्द्र सम्म सहकार्यका साथ अघि बढ्ने बताउनुभएको छ । क्षेत्रीले कांग्रेस बाट विजय हुनुभएका मालारानी ५ का वडा कार्यसमिति लाई बधाई समेत दिनुभएको छ । जसमा पुन सभापतिमा मणिराम खनाल चयन हुनुभएको छ भने ,उपसभापतिमा कृष्णप्रसाद भुसाल,,टामलाल भुसाल ,सचिवमा चन्द्रा बस्नेत ,नारायण बहादुर कुवँर लगायतको नयाँ वडा कार्यसमिती गठन गरिएको क्षेत्रीय प्रतिनिधी नारायण भुसालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !