साना किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

सागर महत,सन्धिखर्क ।लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले अर्घाखाँचीको नरपानी र सुपादेउराली मन्दिर क्षेत्र देशको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको बताउनुभएको छ ।यस क्षेत्रको महत्व बढ्दै जाँदा यहाँको बसाई सराई बढ्नु चिन्ताजनक भएको बताउनुभएको छ ।
नरपानीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।यहाँको चिसो हावा सँगै रमणीय क्षेत्रको महत्व बुझी कृषि क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।बजारीकरणलाई समस्या नहुने बताउनुभयो।
यस्तै पछिल्लो समय सरकारले केही सहकारीहरुमा रकम अपचलन गरेका व्यक्तीहरुलाई कार्बाही अगाडी बढाएको बताउनुभयो ।यता सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका ४१ वटा सहकारी संस्थाको अनुगमन गर्ने भएको छ ।अनुगमन गर्दा नियमविपरीत संचालन भएका सहकारीलाई खारेजी समेत गर्ने नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्रीधर महत्रा,पाणिनि गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले सहकारीले उत्पादमुलक क्षेत्र र सामाजिक क्षेत्रमा पनि लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
अर्घाखाँचीमा सबै भन्दा ठुलो साना किसान कृषि सहकारी संस्था लिमिटेड हो। यसमा करिव १९सय शेयर सदस्य छन । कुल पुँजी २७करोड ९ लाख५६ हजार पुँजी रहेको प्रबन्धक सरस्वती आचार्यले बताउनुभयो ।
आर्थिक वर्ष २०८१/८२को नितिगत बजेट पस्तुत गर्दै २०करोड लगानी गर्ने उहाँको भनाइ छ । शेयर सदस्य मृतका ३परिवारलाई ५०हजारका दरले १लाख ५०हजार आर्थिक रकम हस्तान्तरण गरिएको बताउनुभयो ।यस्तै सहकारीले उत्कृष्ट भैंसी,बाख्रा्र,कुखुरा ,माछा पालक १७ जना कृषकलाई नगद प्रमाण पत्र सहित सम्मान गरेको हो ।
लेखा प्रतिवेदन लेखा समितिका सदस्य टोपकली कब्दारले पस्तुत गर्नुभएको हो ।कार्यक्रममा नरपानी प्रहरी चौकीका इन्चार्ज अर्जुन बस्नेत,सिटिजन लाईफ इन्सुरेन्सका नारायण जिसी,लगायतको सहभागीता रहेको कार्यक्रम संस्थाका अध्यक्ष सुनिता विकले बार्षिक प्रतिवेदन पस्तुत गर्नुभएको थियो । कार्यक्रम राधिका खत्रीको स्वागत मन्तव्य र कम्प्युटर अपरेटर प्रकाश महत्राको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !