अर्घाखाँचीमा तिहारमा राती ९ बजे सम्म देउसी भैले खेल्न पाइने

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा तिहारमा राती ९ बजे सम्म मात्र देउसी भैले खेल्न पाइने भएको छ । राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।तिहार पर्व आफ्नो संस्कार अनुसार मितव्यइ रुपमा मनाउन यो बेला पटका, भुइचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने भएको छ ।
यस्तै जुवातास, लंगुरबुर्जा कौडा खेल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो। मादक पदार्थ सेवन गरि सार्वजनिक स्थलहरुमा होहल्ला र झैं— झगण्डा नगर्न समेत अनुरोध समेत गरिएको उहाँले बताउनुभएको छ ।साथै प्रशासनको नियम विपरित कार्य गरेको पाएमा कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस !