अर्घाखाँचीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमण बाट मंगलबार १ जनाको मृत्यु भएको छ ।उपचारको क्रममा जिल्लाको मालारानी गाउँपालिकाका एक पु्रुषको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो संगै हाल सम्म जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार ५ सय ३ पुगेको छ ।यस्तै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ४ सय ५ पु्गेको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ७ रहेको छ ।
कमेन्ट गर्नुहोस !