अर्घाखाँचीमा निशेषधाज्ञा खुकुलो बनाइयो,पसल ,यातयातका साधन संचालन हुने

सागर महत / अर्घाखाँची ।
अर्घाखाँचीमा गत साउन २१ गतेदेखि गरिएको कडा निशेषधाज्ञा खुकुलो हुने गरि निषेधाज्ञालाई भाद्र १८ गते सम्म लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।जसमध्ये दैनिक उपभोग्य बस्तु तथा सेवाका पसल बिहान ५ बजे देखि बेलुका ६ बजेसम्म खुल्ने भएका छन भने सरकारी सेवाहरु पनि सुचारु हुनेछन । भिडभाड नहुने गरी सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरुमा मास्कको प्रयोग र सामाजिक दुरी कायम गरी नियमित सेवा दिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
निजी तथा सार्वजनिक यातयातका साधन स्वास्थ्य मापदण्ड पुरा गरेर बिहान ५ बजेदेखि बेलुका ७ बजे सम्म संचालन गर्न पाइने भएका छन ।त्यस्तै पुर्व निर्धारीत परिक्षा पनि संचालन हुने छन ।
पार्टी प्यालेस ,होटल तथा रेष्टुरेन्ट , जीमहल,सैलुन, व्युटिपार्लर, डिर्पाटमेन्टल स्टोर, हाटबजार बन्द रहनेछन। सभा, गोष्ठि, तालिम, सेमिनार,समुहमा खेलकुद कार्यक्रम गर्न पाइने छैन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close