ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अर्घाखाँचीको आयोजनामा रक्षाबन्धन कार्यक्रम सम्पन्न

भावना मगर /अर्घाखाँची । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अर्घाखाँचीले जिल्लामा केही समय अगाडी आउनु भएका जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई स्वागत गरेको छ ।
रक्षा बन्धन तथा जनै पुर्णिमाको अवसर पारि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले गरेको स्नेह मिलन कार्यक्रममा न्यायधिश बासुदेव न्यौपाने र प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापा क्षेत्रीलाई टिका, खादा, पुष्प गुच्छा र राखि लगाईदिएर स्वागत गरिएको हो ।
पवित्र दिनको अवसरमा कार्यक्रमको आयोजना गरि स्वागत गरेको भन्दै उहाँहरुले ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय अर्घाखाँचीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा मन्तव्य राख्दै जिल्ला न्यायधिश न्यौपानेले यस्ता पवित्र पर्वहरुको महत्व नबुझि मानिसहरु विकृति, विसंगति तर्फ लागेको भन्दै ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालयले पर्वहरुको महत्व बुझाई सबैलाई सचेत बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमकै अवसरमा ईश्वरीय विश्वविद्यालय भवन निर्माण समितिका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले भवन निर्माणमा बजेट अपुग भएको भन्दै संघीय, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बिभिन्न संघ संस्थामा आबद्ध व्यतिmत्वहरु ईश्वरीय विश्व विद्यालयका बिधार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय अर्घाखाँचीका सञ्चालक ब्रहमाकुमारी कृतिको अध्यक्षता, ईश्वरीय विश्वविद्यालयकि विद्यार्थी भावना मगरको स्वागत मन्तव्य र नन्दराम भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close