रगत अभाव हुन नदिनको लागि छत्रदेव गाउँपालिका र रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीबिच सम्झौता

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार छत्रदेव गाउँपालिका र रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीबिच सम्झौता भएको छ ।छत्रदेव गाउँपालिकाका नागरिक र गाउँपालिका अन्तर्गतका कर्मचारीहरुका लागि रुपन्देही जिल्ला भित्रका अस्पतालमा उपचारका क्रममा रगत वा रगत जन्य सामग्री आवश्यक परेमा निःशुल्क रुपमा उपलब्ध गराउनका लागि सम्झौता भएको हो।

गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पान्डे र स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपाने तथा रक्तसञ्चार सेवा केन्द्रको तर्फबाट रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीका संयोजक मित्रलाल न्यौपाने, रक्तसञ्चार सेवा केन्द्र बुटवलका इन्चार्ज राधा ज्ञवाली, रेडक्रश लुम्बिनी प्रदेश सदस्य कैलास श्रेष्ठ र रेडक्रश अर्घाखाँचीका नवराज रायमाझीले एक कार्यक्रमका बिच हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता पछि छत्रदेव गाउँपालिका भित्रका नागरिक तथा कर्मचारीलाई रुपन्देही जिल्ला भित्रका अस्पतालमा उपचारका क्रममा रगत वा रगतजन्य सामग्री आवश्यक परेमा रक्तसञ्चार सेवा केन्द्रबाट सहज र निःशुल्क रूपमा उपलब्ध भै उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close