अर्घाखाँचीमा एकै दिन ५३ जना कोरोना मुक्त,१३ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।सन्धिखर्क नगरपालिकामा १२ जना,भुमिकास्थान नगरपालिमामा ९ जना,शितगंगा नगरपालिकामा १३ जना,मालारानी गाउँपालिकामा १७ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन । योसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ४ सय१७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा २ जना, र छत्रदेव गाउँपालिकामा १ जना गरि १३ जनामा कोरोना संक्रमण भएको हो । यो संगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १३ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ५सय १७ पुगेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ रहेको छ ।
कमेन्ट गर्नुहोस !