अर्घाखाँचीको पाणिनि सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री आउने

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रधानमन्त्री केपि शर्मा ओलि आउने भएका छन । आगामी चैत्र २७ र २८ गते हुने पाणिनी सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री ओलि चैत २७ गते पाणिनी आउने कार्यक्रम तय भएको हो ।

पाणिनी गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिसदको कार्यालय लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा आयोजना गरिन लागेको सम्मेलन ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले आज प्रधानमन्त्री ओलिसंग भेटेर निमन्त्रणा गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close