एकै परिवारका तीन जना मृत फेला सर्लाहीमा

सर्लाही ।सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको र  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close