सन्धिखर्कमा किसानलाई ५० प्रतिसत अनुदानमा धानको बिउ वितरण

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले किसानलाई अनुदानमा धानको बिउ वितरण गरेको छ ।किसानको मागको आधारमा ५० प्रतिसत अनुदानमा खुमल बास्मती १६ र हर्दिनाथ ६ नामक धानको बिउ वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।नगरपालिकाले धानको उत्पादन बढाउन टेवा पुगोस भनेर अनुदानमा बिउ वितरण गरेको हो।
आगामी आर्थिक वर्षमा नगरपालिकाले कृषि क्षेत्रमा किसानका मागका आधारमा बजेट विनियोजन गर्ने र सोहि अनुसार योजना ल्याउन प्रमुख प्रशासकिय अधिकृत भुसालले किसानलाई आग्रह गर्नुभयो ।
प्रति केजी ९९ सय रुपँयामा खरिद गरेर ४८ रुपँया ५० पैसामा किसानलाई पहिलो चरणमा ११ कुन्टल धानको विउ वितरण गरिएको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो ।अनुदानमा धानको बिउ प्राप्त गर्दा किसान खुशी भएका छन।
कमेन्ट गर्नुहोस !