अर्घाखाँचीःशितगंगामा भाइको हत्या गर्ने दाइ पक्राउ

सागर महत, सन्धिखर्क ।
अर्घाखाँचीमा भाइको हत्या गर्ने दाइ पक्राउ परेका छन । शितगंगा नगरपालिका वडा नम्बर १२ रजियबाट प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको हो ।सौतेले भाइ १३ बर्षिय राजन भुसालको हत्यामा संलग्न गरेको अरोपमा उनका दाइ २७ बर्षिय जनकराज भुसाल ९ वर्ष पछि पक्राउ परेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
हत्या गरेपछि विदेशमा गएका उनी घर आएको समयमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषि घर्तीमगरले जानकारी दिए।
उनले भाइको हत्या गरि खोल्सिमा गाडेर छाडेका थिए पछि केही दिन पछि मात्र उनको सव फेला परेको थियो । उनलाइ जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस !