तालिवान लडाकुले अफगानिस्तान कब्जा गर्दै

एजेन्सी। तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल छिरेका छन् । काबुललाई चारैतिरबाट घेरेपछि उनीहरु काबुल छिरेका हुन् ।अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले तालिवान लडाकु काबुल छिरेको पुष्टि गरेको अलजजिराले जनाएको छ । यसअघि उनीहरु रणनीतिक महत्वको शहर जलालावाद छिरेका थिए ।

तालिवानको दोहास्थित नेताले अफगानी सरकारी सेनालाई आत्मसमर्पण गर्न वा सुरक्षित तरिकाले काबुल छाड्न भनेका थिए । अफगानी राष्ट्रपति असरफ घानी नेतृत्वको सरकारले तालिवानको प्रतिरोध गरेको या नगरेको केही खुलाइएको छैन ।

बितेको ८ हप्तामा तालिवानले एक्कासी प्रभाव बढाउँदै लगेको थियो । एकपछि अर्को प्रमुख शहरहरुमा नियन्त्रण कायम गरेको थियो । मजारे सरिफ, कान्दाहार, हेरत जस्ता मुख्य शहरमा नियन्त्रण कायम गरेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close