लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा

बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट आज राजीनामा दिनुभएको छ ।पदेशको नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिनुभएको बताईएको छ ।मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आज दिउँसो १ बजे छलफल सुरू हुँदै थियो।
पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ।
अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ।
कमेन्ट गर्नुहोस !