अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतम सहित अन्य एक जना डाक्टर बिदाई

अर्घाखाँची ।अर्घाखाँची अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतम तथा मेडिकल अधिकृत डा. अमृत भट्टराई अर्घाखाँचीबाट विदा हुनुभएको छ। उहाँहरु लाई जिल्लामा रहेका विभिन्न कार्यालय र अस्पतालले एक कार्यक्रमका बीच अर्घाखाँचीबाट बिदाई गरेका हुन।
अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले अर्घाखाँची बसाइको क्रममा गरेका गतिविधी यसरी सामाजिक संजालमा राख्नु भएको छ ।

करिब २१ महिना अर्घाखाँची अस्पतालको जिम्मेवारी सम्हालेर बिदाइ भइ पाल्पा जिल्लामा सेवा गर्न रामपुर अस्पतालमा जिम्मेवारी सहित कर्मथलो बनाइ सरुवा भएको छु । मेरो सेवा अबधिमा अर्घाखाँची जिल्लाको स्वास्थसेवा लाइ सरल सुलभ गुणस्तरिय बनाउन दिनरात लागि परि केही सुधार गर्ने प्रयास गरे। अर्घाखाँची जिल्लाले धेरै कुरा सिकायो, सिक्ने मौका पाए। अस्पतालको नियमित बिरामी चेकजाँचको पाटो त छ्दै छ , प्रसासनिक कामको जिम्मेवारी साथै Covid १९ रोकथाम, उपचार , नियन्त्रणमा खटिदा निकै चुनौती बेहोर्नु पर्ने हुन्छ। अर्घाखाँची अस्पतालको सम्पुर्ण चिकित्सक, फाटप्रमुख लगायत अन्य सम्पुर्ण कर्मचारीप्रति सधै सम्झना रहिरहने छ, तपाईंहरुले गर्नु भएको सहयोग, योगदानले नै हामि प्रदेशकै पहिलो र नेपालकै तेस्रो अस्पतालको रूपमा परिचित गराउन सफल भयौ, अस्पतालको नियमित सेवा सङ्गसङ्गै कोरोनाको पहिलो, दोश्रो लहर र अब तेस्रो लहर सङ्ग जुध्न १२ सैया को HDU र १२ सैयाको जनरल बेड संचालित गरि हाल सम्म ६६७ जना बिरामी भर्ना गरि निको बनायौ। १५ सैया को सामान्य अस्पताल बाट ५० सैयामा स्तरउन्नति गरि आकस्मिक कक्ष्य, वार्डको स्तरोन्नति प्रयोगशालामा थाइरोइड, culture लगायत अन्य जाच थपि स्तरउन्नति , फिजियोथेरापि , दन्त सेवा थप गरि बिबिन्न बिभाग थप भए।

May be an image of 3 people, including Ganesh Raj Paudel, people sitting, people standing and indoor

२४ सै घन्टा टिकट काउन्टर , विभिन्न फाटमा सफ्टवेयर जडान , प्रयोगशाला , xray सुबिधा , गरिब जेष्ठ नागरिकलाइ सामजिक सेवा एकाइ स्थापना , २४ सै घन्टा अस्पताल Canteen स्थापना ,टोकन प्रबिधि जडान ,नाक कान घाटि कक्ष स्थापन , नेपाल सरकारको स्वास्थ्य बिमा बाट पाउने सेवा लाइ बलियो बनाइ सेवा बिस्तार साथै विविध सेवा बिस्तार भएका छ्न जुन उल्लेख गरिन। कम श्रोत साधन , न्यून जनशक्ति, पुरानो भौतिक संरचनाको बाबजुद सेवा प्रभाह गर्न सहयोग गर्नुहुने सम्पुर्ण देश बिदेशमा रहेका अर्घाखाँचीबासि, लुम्बिनी प्रदेश स्वास्थ तथा जनसंख्या मन्त्रालय ,जनप्रतिनिधि ज्युहरु, माननिय ज्युहरु,अस्पताल ब्यबस्थापन समितका अध्यक्षज्युहरु, सदस्यज्युहरु , राजनितिक दलका प्रतिनिधि ज्यु हरु, DCCMC लगायत अन्य सुरक्षानिकाय प्रमुख ज्यु, केन्द्र सरकार , प्रदेश सरकार , स्थानीय सरकार,जिल्ला प्रशासन, कर्मचारी मिलनकेन्द्र परिवार , स्वय्थ्य कार्यालय अर्घाखाँची परिबार,सामाजिक ब्यक्तित्व , सङ्ग संस्थाको प्रतिनिधि ज्युहरु ,पत्रकार ज्यु हरु प्रति हार्दिक कृतज्ञता तथा धन्यवाद प्रकट गर्न चाहन्छु। नया भवनको लागि गत बर्ष नै DPR भै सकेको थियो , धेरै प्रकृया अघि बढिसकेको छ, अब छिटै सुरुवात हुने छ। HDU कक्ष निर्माण सङ्गै, अक्सिजन प्लान्ट स्थापना , Icu , भेन्टिलटेर जडान भएको छ, अबको दिनमा कोरोनाको उपचारमा थप सहजता होस, आगामी दिनहरुमा अर्घाखाँचीबासिले पाउने सेवा थप हुनेछन् , सम्पुर्ण सहयोगि हातहरु प्रति नमन 🙏🙏 अर्घाखाँची जिल्लाको बसाई अबिस्मरणनिय रहने छ, जहाँ भएपनि मेरो सहयोग रहने नै छ।

May be an image of 10 people, including Kapil Gautam, people standing, people sitting and outdoors

विभिन्न सरोकारवाला ,सहयोगि हातहरु लाइ आग्रह गरि विभिन्न स्वास्थ सामग्री भित्र्याउन सफल भयौं। अस्पताललाइ सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि दाताहरुलाइ विशेष धन्यवाद, सहयोगि दाताहरु लाइ सम्मान गर्ने सोच थियो तर अनुकुलता मिलेन। महामारीमा अहोरात्र खटिने यस अस्पतालका कर्मचारीज्यु हरुलाइ सम्मान गर्दछु। कठिन समयमा सहयोग, सुझाव, सल्लाह,हौसला दिने मेरा अग्रजहरु तथा अर्घाखाँचीबासि प्रति सधै सम्झना रहनेछ।जय अर्घाखाँची !!जय सुपादेउरालि माता!!!

May be an image of 2 people, people standing, outdoors and tree

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close