टोपबहादुर सहितका पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

काठमाण्डौ ।सर्वोच्च अदालतले माओवादी केन्द्रको कारबाहीका आधारमा निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।जसमा सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले माओवादी केन्द्रले आफूहरूमाथि गरेको कारबाही अवैधानिक भएको भन्दै सांसद पदमा पुनर्बहालीका लागि अन्तरिम आदेश माग गरेर सर्वोच्च अदालतमा रिट दिएका थिए ।
कमेन्ट गर्नुहोस !