अर्घाखाँचीमा थप १९ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १४ जना ,भुमिकास्थान नगरपालिकामा ४ जना,छत्रदेव गाउँपालिकामा १जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै हाल सम्म जिल्लाभरमा कुल कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरबाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भए संगै हाल सम्म जिल्लाभरमा कोरोना मुक्त हुनेको संख्या २६ सय ३४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का ६१ वर्षिय वडा अध्यक्ष र मालारानी गाउँपालिका वडा नम्बर ५ का ९९ वर्षका पुरुषको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close