कांग्रेस नेता पुस्पा भुसालद्वारा स्वास्थ्य सामाग्री र खाद्यान्न हस्तान्तरण

अर्घाखाँची ।कांग्रेस नेतृ पुष्पा भुसालले गृह जिल्ला अर्घाखाँचीमा खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।जसअन्तर्गत चार वटा स्थानीय तह लाई स्वास्थ्य सामाग्री र पहिरो बाट विस्थापीत घर परिवार लाई खाद्यान्न वितरण गर्नुभएको हो।
नेतृ भुसालले जिल्ला अस्पतालका लागि २ वटा १० लिटरका अक्सिजन कन्सेन्ट्रेटरर मेसिन, माक्स र सेनिटाइजर, सितगंगा नगरपालिकामा १ वटा , भुमिकास्थान नगरपालिकामा १वटा र , छत्रदेव गाउँपालिकालाई १ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन, माक्स र सेनिटाइजर, मालारानी गाउँपालिकालाई माक्स तथा सेनिटाइजर तथा नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखालाई माक्स तथा सेनिटाइजर जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्राङ्गणमाप्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मार्फत हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै नेतृ भुसाललेपहिरोले घरबार विहिन भएका परिवारलाई उचित व्यवस्थापन गरिने तथा कोरोनाका कारण रोजी रोटी गुमाएका घर परिवार लाई राहत प्रदान गर्ने बताउनुभएको छ ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षता र कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान, पुर्ब सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उप प्रमुख ठाकुर कुमार बिक, भुमिकास्थान नगरपालिकाका नगर उप प्रमुख खडानन्द वेल्वासे, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल , अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतम लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !