अर्घाखाँची ढाकावाङ्गबासीको संगठन रुपन्देही सम्पर्क समाजको अध्यक्षमा खनाल चयन

बुटवल ।ढाकावाङ्ग—रुपन्देही सम्पर्क समाजको भेला सम्पन्न भएको छ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकावाङ्गबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्ने बीच बुटवल १३ बेलवासमा सम्पन्न भएको भेलाले कृष्णप्रसाद खनाल अध्यक्ष रहेको २१ सदस्यीय ढाकावाङ्ग—रुपन्देही सम्पर्क समाजको गठन गरेको छ ।
जसको उपाध्यक्षमा ज्ञानप्रसाद खनाल, माधव खनाल, सचिवमा बाबुराम भुसाल, सहसचिवमा टेकराज भुसाल (टेकु), कोषाध्यक्षमा सावित्रा खनाल, सह—कोषाध्यक्षमा शिवलाल खनाल र सदस्यहरूमा युवराज खनाल, जुना खनाल, रेश्मा खनाल, एनिशा पौडेल (बन्जाडे), शान्ता खनाल, दुर्गा खनाल, माया खनाल, केशव भुसाल, माधव भुसाल, मेघराज खनाल, लेखनाथ खनाल, रामु अधिकारी, शिवप्रसाद आचार्य र १ सदस्य रिक्त राखिएको छ।
कमेन्ट गर्नुहोस !