अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी प्रदान

सागर महत ,साउन ०६अर्घाखाँची ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर र बँदेल हेर्न २० जनाले रोजगारी प्रदान गरेको छ । वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता हेरालु छनोट गरिएको कार्यालयले जनाएको छ।
जिल्लाका ६वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहका पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङ्गा, अडगुरी, खन, अर्घातोष , पोटुवाथुम लगायतका क्षेत्रमा सोमबार देखि हेरालु खटिसकेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
विशेष गरि अहिले बारीमा घोगा लाग्दै गरेको मकै बाँदर र बँदेलले सखाप पार्न थालेपछि हेरालु राखिएको श्रेष्ठको भनाई छ ।उनीहरुलाई ३ महिना सम्म रोजगारी प्रदान गरिएको छ ।सोहि अनुसार सम्झौता पनि गरिएको हो । हेल्मेट,टर्च लाईट ,लाईफ जकेट गमबुट लगायतका सामग्री समेत हस्तान्तरण गरिएको छ ।
डिभिजन वन कार्यालयको साझेदारीमा १० वटा सम्बद्र्वन प्रणालीमा आधारीत सामुदायिक वन समूहहरूको सहकार्यमा यी हेरालु राख्ने निर्णय गरिएको कार्यालय का सहायक वन अधिकारी तथा सुचना अधिकारी केशर खड्काको भनाई छ ।सम्झौता भएको रकम मासिक १० हजारका दरले एक मुष्ट प्रदान गरिने उहाँको भनाई छ ।यस्तै उनीहरुलाई संचार खर्च समेत प्रदान गरिने छ ।
शितगंगा नगरपालिका बाहेकका क्षेत्रमा हेरालु खटिएका छन ।बरिष्ठ वन अधिकृत गणेश थारुको स्वागत मन्तव्य सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अर्घाखाँचीका कोषाध्यक्ष लक्ष्मण पराजुलीले समेत शुभमकामना मन्तव्य राखेको कार्यक्रम केशर खड्काको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !