अर्घाखाँचीमा एक साता निषेधाज्ञा थप

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थपेको छ । आज राति १२ बजेबाट लागु हुँने गरी ७ दिनकोे लागि निषेधाज्ञा पुन थप गरिएको हो ।
निषेधाज्ञामा औषधि पसल २४ सै घण्टा खुला हुँनेछन् भने किराना पसल र अत्यावश्यक सामग्रीका पसल मात्र बिहान ९ बजेसम्म खुल्दै आएकोमा भोलिदेखि होटल, रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो।
विद्यालय, कलेज र सार्वजनिक सवारी सधानहरु पूर्णरुपमा बन्द रहने छन् । यस्तै मठ मन्दिर तथा धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण धार्मिक तथा साँस्कृतीक गतिविधिहरु बन्द हूने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close