थप ३ हजार ४सय ७९ जनामा कोरोना संक्रमण पुष्टि,६हजार ६सय भन्दा बढी डिस्चार्ज

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २४ जना र ३ हजार २सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ गरी ३ हजार ४ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये २८ दशमलव ९ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
गएको २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएसँगै अब सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८९ हजार २ सय १७ मा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७हजार ८ सय ९८ पुगेको छ ।
कमेन्ट गर्नुहोस !