अर्घाखाँचीमा अवैध गाजा खेती नष्ट

सागर महत/ अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गाजा नष्ट गरिएको छ ।
जसअन्तर्गत छत्रदेव गाउँपालिका २, मालारानी गाउँपालिका ६ र भूमिकास्थान नगरपालिकाको २ का आसपासका क्षेत्रहरुमा रहेको अवैध रूपमा संचालन खेती गरिएको लागूऔषधको रूपमा प्रयोग हुने गरेको २ सय ५० बोट गाजा नष्टगरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
अवैध रूपमा खेती गरिएको लागूऔषध गाजा प्रहरी चौकी हंसपुर, प्रहरी चौकी बल्कोट, प्रहरी चौकी ढाकाबाङबाट खटिएको प्रहरी टोली र स्थानीयबासीहरूको उपस्थितिमा नष्ट गरिएको हो ।
कमेन्ट गर्नुहोस !