नवलपरासीमा बस दुर्घटना ४ को मृत्यु

नवलपरासी ।नलपरासीमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा मृत्यु हुनेमध्ये  रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती रहेका छन् । अन्य २ को सनाखत हुन सकेको छैन । ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिनुभयो ।बसमा कति सबार यात्रु थिए अझै पुरा जानकारी प्राप्त नभएको बताईएको छ ।घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरी केहीलाई बुटवल र केहीलाई स्थानीय चिसापानी अस्पतालमा पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close