एमाले इस्मा गाउँपालिका गुल्मीको अध्यक्षमा कुँवर निर्वाचित
आफ्ना निकटतम प्रतिद्धन्द्धी नारायण पैयानीलाई ४८ मतले पराजित गर्दे कुवँरले अध्यक्षमा आफ्नो जित सुनिश्चित गरेका हुन् ।

गुल्मी संवाददाता,
१०, कार्तिक ।
नेकपा एमाले गुल्मी जिल्लाको इस्मा गाउँपालिका अध्यक्षमा राजेन्द्र विक्रम कुँवर निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्धन्द्धी नारायण पैयानीलाई ४८ मतले पराजित गर्दे कुवँरले अध्यक्षमा आफ्नो जित सुनिश्चित गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार बिन बहादुर गौतमले जम्मा १० मत प्राप्त गरे । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नारायण पराजुली, सचिवमा गनु अधिकारी, उपसचिवमा नविन अर्याल र कल्पना अधिकारी निर्वाचित भएका हुन् । जसमध्ये उपसचिव कल्पना अधिकारी सर्वसम्मत चुनिएकी हुन् भने अरु चुनावी प्रस्तिपर्धाबाट आएका हुन् ।
अध्यक्षमा निर्वाचित कुँवर विधार्थी राजनीतिबाट आएका हुन् । उनी अहिले अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्य छन् । यसअघि उनी नेकपा अस्तित्वमा रहँदा अनेरास्ववियुको गुल्मी जिल्ला संयोजक थिए ।
इस्मा गाउँपालिका प्रतिनिधि सभा सदस्य तथा एमाले सचिव गोकर्ण बिष्टको निर्वाचन क्षेत्र हो । नेकपा एमालेले वडा अधिवेशन पश्चात् देशैभर पालिका अधिवेशन सम्पन्न गरेको छ ।
कमेन्ट गर्नुहोस !