मालारानीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

सागर महत /अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।गत चैत २७ गते भारत बाट घरमा आएका वृद्ध ९ गते बुटवलको कोरोना अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेशनमा बसेका वृद्धका स्वास्थ्यमा समस्या आएपछि मंगलबार उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विक ले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !