दाहाल–नेपाल पक्षमा ११४ जना सांसद रहेको दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।बरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । संसदको बैठक आउदो आइतबारबस्दैछ । कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिनुभयो । आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणबस योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको पनि बताउनुभयो।
यस्तै नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।
कमेन्ट गर्नुहोस !