अर्घाखाँचीको पाणिनिमा मोटरसाइकल दुर्घटना २को मृत्यु ,१ घाइते

सागर महत,कार्तिक १७,अर्घाखाँची ।अर्घाखाँचीको पाणिनि गाउँपालिका ३मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाणिनि गाउँपालिका वडा नम्बर ४ निगालीका मोटरसाइकल चालक १८ वर्षिय गौतम विक र पछाडि बस्ने सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस जिसीले जानकारी दिनुभयो ।

पाणिनि ३ निगालीबाट दुर्गाफाँटबाट तर्फ आउँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उहाँको भनाइ छ ।मोटरसाइकलमा तीन जना सभार थिए ।
यस्तै सोही मोटरसाइकल पछाडि सवार २५ वर्षि सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा उपचार भईरहेकोमा थप उपचारको लागी पाल्पा रीफर भएको प्रहरी नायव उपरिक्षक जिसीको भनाई छ ।




कमेन्ट गर्नुहोस !