मौलिक संस्कृतिको संरक्षणमा लाग्नु हामी सबैको कर्तब्य होः मन्त्री राणा

दाङ,भदौ ७। लुम्बिनी प्रदेश सरकारका शहरी बिकास खानेपानी मन्त्री रोज राणाले मौलिक संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तब्य भएको बताएका छन ।
हिन्दुहरुको विशेष पर्व कुशे औंसि तथा बुवाको मुख हेर्ने दिन को अवसरमा देश बासि वुवा आमा हरुलाई शुभकामना दिदै मन्त्री राणाले चार्ड पर्वले पारिवारिक सम्बन्ध, कर्तव्यबोध र संस्कारलाई मजबुत बनाउन विशेष योगदान दिने बताएका हुन । उनले यस्ता पर्वहरूले पुस्तापुस्ताबीच आत्मीयता बढाउने मात्र नभई सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने महत्वपूर्ण अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन ।
आज देशभर बुवाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत पर्व बुवाको मुख हेर्ने दिन तथा पितृ तर्पणको दिवस कुशे औंसी श्रद्धा र उल्लासका साथ मनाइँदैछ । यस दिनमा बुबालाई मिठा खानेकुरा, कपडा तथा उपहार अर्पण गर्ने र पितृहरूको सम्झनामा तर्पण गर्ने परम्परा रहँदै आएको छ ।
यस प्रकारका मौलिक संस्कारहरूको संरक्षण र प्रवर्द्धनले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन सक्ने विश्वास मन्त्री राणाले ब्यक्त गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !