अर्घाखाँचीमा भैंसीलाई यातना दिई ओसारपसार गर्ने २ जना पक्राउ

सन्धिखर्क ,साउन २७ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २बाट भैंसीलाई निर्ममता पूर्वक यातना दिई ओसारपसार गर्ने २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय क्रिस बानिया रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मंगलबार राति सन्धिखर्क नगरपालिका वडा नम्बर २ घोचेखोलाबाट प्रहरीले धारापानीतर्फबाट सन्धिखर्क आउँदै गरेको लु १ च ३८२६ नम्बरको सिङ्गल क्याप बोलेरो गाडी रोकी चेकजाँच गर्दा, गाडीको पछाडिको ढालामा ४ वटा भैंसीहरू साँघुरो ठाउँमा अटाई नअटाई क्रूर व्यवहारका साथ बुटवलतर्फ लैजाने तयारीमा रहेको फेला पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

साँघुरो ठाउँ र यातनाका कारण गाडीमा ठोकिएर भैंसीहरू घाइते अवस्थामा भेटिएको छ। प्रहरीले गाडी, भैंसी र दुबै व्यक्तिलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ बमोजिम पशुपक्षी सम्बन्धी कसूर मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालेको सूचना अधिकारी झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close