गुल्मीमा आगोले जलेर एक जना वृद्वाको मृत्यु

गुल्मी ।गुल्मीमा आगोमा जलेर एक जना वृद्वाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर एक मल्दी बस्ने ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी खत्रीको आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो ।आगोमा जलेर घाइते भएकी खत्रीको थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएका बताइएको छ ।
कमेन्ट गर्नुहोस !