अर्घाखाँची सहितका जिल्लामा नाचिने सराय नाच समापन

सागर महत,अर्घाखाँची ।
हरेक बर्ष झै यस बर्षपनि पहाडी जिल्लाहरुमा सराय नाच प्रस्तुत गरियो । बिशेष गरी बडा दशैंको एकादशिका दिनदेखी पुर्णिमा सम्म नचाइने यस नाच हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । हातमा तरबार, खुडा लगाएतका हतियार सहित नाचिने यस नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ । देबी देवतालाई खुशी हुने किम्बन्दन्तीका साथ हातहतियार सहित नाचिने गरिएको हो । सराय नाच लोप नहोस भन्नका लागि पाका उमेरदेखि युवा पुस्ता सम्म लागि परको रहेको सन्धिखर्क नगरपालिकका ८८ वर्षिय स्थानीय चन्द्रप्रसाद भुसालको भनाई छ ।
पञ्चेबाजाको तालमा नाचिने यस नाचमा ‘वाख्यै वाख्यै हो’ उच्चारण गरिने गरिएको छ नाच बिगतका बर्षहरुमा महिलाहरुले अवलोकन मात्रै गर्ने गरेकामा समय परिवर्तन संगै महिलाहरु आफै पनि यो नाचमा सहभागी हुने गर्दा यसको रौनक अझ बढेको छ । यो नाच हरेक बर्ष अर्घाखाँचीको अर्घा, सन्धिखर्क, खाँचीकोट, रागामारे,घेर, नुवाकोट, ठाडा लगायतका देवीका मन्दिर तथा शक्ति पीठमा यो नाच नाचिने गरिन्छ । यति मात्र नभई पश्चिम क्षेत्रका अर्घाखाँची सहित प्युठान ,गुल्मी, पाल्पा ,यहिले पहाडी जिल्लाबाट बसाइँ सराइ गरेर गएकाहरुले कपिलवस्तु रुपन्देही लगायतका जिल्लामा पनि नाच्ने गर्दछन् ।परम्परालाई जीवन्त राख्न जनप्रतिनिधिहरु लागि परेको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताउनुभयो ।
बाइसेचौबिसे राज्य हुँदाताका भुरेटाकुरे राजाहरूले आफ्नो कोटमा सराय नाच नचाउने गरेपछि नै यसको सुरुआत भएको धार्मिक मान्यता रहेको छ । यो नाचको संमरक्षण गर्ने हो भने आन्तरिक पर्यटक भित्रायन टेवा पुग्नेमा द्धिबिधा छैन । हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्न गरिन्छ।
सन्धिखर्क नगरपालिकाको वडा नम्बर ९ अर्घाको अर्घा भगवती मन्दिरमा सराय नाच, पूर्णिमा मेलासहित शनिबार फूलपाती विसर्जन गरी यस वर्षको दसैंसँगै सराय नाच समापन गरिएको छ ।
कमेन्ट गर्नुहोस !