श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाद्वारा टेम्पो चालक महिलाहरुलाई सम्मान

बुटवल। बुटवल उपमहानगरपालिकाले इरिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका इरिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताउनुभयो ।
पाण्डेयले इरिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताउनुभयो ।


उहाले बुटवलमा इरिक्सा र टेम्पो चालक महिलाहरु स्वरोजगार बनेको र यसले बुटवलको प्रतिष्ठा बढाएको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाई, राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका समुन्द्र जिसी, रिक्सा व्यवसायी प्रकाश खनाल, रिक्सा चालक महिलाहरु सुशीला अर्याल, मीना नेपालीलगायतले बोल्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close