नरपानीमा सडकमा चालकको आँखा परिक्षण

सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सवारी चालक तथा सहचालक को सोमबार सडकमा निःशुल्क आँखा परीक्षण गराएको छ । जिल्लाको गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत नरपानीमासवारी चालकको आँखा र रक्तचापको समस्या रहे÷नरहेको पत्ता लगाउन निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।यो अभियानले दुर्घटना रोक्नको लागि भएपनि टेवा पुग्ने अपेक्षा रहेको उहाँको भनाई छ ।
सन्धिखर्क नगरपालिकाको समन्वयमा भएको उक्त शिविरमा करिव १सय ४० जना चालक तथा सहचालक निःशुल्क आँखा परीक्षण र स्वास्थ्य परिक्षण गरिएको प्रहरी नायव उपरिक्षक मल्लले बताउनुभयो ।

चेकजाँचको क्रममा ७ जनामा आँखा सम्बन्धी समस्या र ४ जनामा उच्च रक्तचापको समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख निरज गौतमले जानकारी दिनुभयो ।यो अभियान अन्तरर्गत सचेतना बोर्डहरु पनि राखिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close