वडा सम्मेलन सम्पन्न गरेको अर्घाखाँची कांग्रेसले अब पालिका र क्षेत्रिय सम्मेलन गर्छःसभापति श्रेष्ठ

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीले ६१ वटै वडामा वडा सम्मेलन सम्पन्न गरेको छ । कांग्रेसको संगठन बलियो र जनमुखी बनाउनको लागि वडा सम्मेलन गरिएको अर्घाखाँची सभापति केशव श्रेष्ठले जानकारी दिनुभएको छ ।
सम्मेलनमा प्रदेश, जिल्ला तहका नेता, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्र र नगर लगायतका नेताहरुलाई प्रतिनिधिहरूको रुपमा खटिनु भएको थियो सोहि अनुसार कार्यक्रम गरिएको हो । केहि वडामा केहि दिन अघि पनि वडा सम्मेलन सम्पन्न भएका थिए । आज अधिकामश वडामा सम्मेलन गरिएको हो ।यो अभियान सफल बनाउन सहयोग गर्ने सबैमा विशेष धन्यवाद व्यक्त गर्दछु।
अब जनताले परिवर्तन चाहेको छ ।सोहि अनुसार हामी पनि लागेका छौं,यसमा आम नेता तथा कार्यकर्ताको साथ सहयोगको पनि अपेक्षा रहेको बताउनुभयो ।अब १६ गते पालिका सम्मेलन २३ गते क्षेत्रीय सम्मेलन गर्ने कार्ययोजना अगाडी सारिएको छ ।सबै वडा हरुलाई क्रियाशील सदस्यता रिन्यु तथा नयाँ सदस्य को फर्म जिल्लामा अनिवार्य बुझाउन निर्देशन पनि गरिएको छ ।
कमेन्ट गर्नुहोस !